
हापुरे, २० साउन ।
बबई गाउँपलिकामा आज थप ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । हापुरे प्राथमिक अस्पतालमा १५ जनामा गरिएको एन्टिजेट परिक्षणबाट ५ जनामा संक्रमण देखिएको हो । यो संगै बबई गाउँपालिकामा कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।
पश्चिम दाङको बबई गाउँपालिकामा पछिल्लो ३ दिन यता कोरोना तिब्ररुपमा फैलिन थालेको छ । पछिल्लो समय कारोना संक्रमितको संख्या तिब्ररुपमा बढ्न थालेको हो । दुई दिन पहिले मात्र बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री सहित १ जनामा कोरोना संक्रमण देखिएपछी कोरोनाको जाँचको दायरा बढाईएको छ ।


कोरोना संक्रमण दर तिब्ररुपमा बृद्धी भएकाले स्वास्थ्य सुरक्षा मापदन्ड अपनाउन चिकित्सकहरुको सुझाव रहेको छ । हापुरे प्राथमिक अस्पतालका प्रमुख डा. सन्दिप शर्माका अनुसार कोरोना भाईरसको संक्रमण बबई गाउँपालिकामा असामान्यरुपमा फैलिएकाले सबै सजक हुनु पर्ने बताईएको छ ।