बबई गाउँपालिकाले अपांग सहयोगी सामग्री वितरण गरेको छ । गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा अपांगता भएका ब्यक्तिहरुका लागी सहयोगी सामग्री वितरण गरिएको हो । गाउँपालिकाका १४ जना अपांग ब्यक्तिहरुलाई उक्त सामग्री वितरण गरिएको शाखा प्रमुख र्ईश्वरा रावतले जानकारी दिनु भएको छ ।

उहाँका अनुसार जम्मा २० थान ह्विल चियर, १३ थान वाकर र ४० जोडी बैशाखी गरि जम्मा ७३ जनालाई पुग्ने सामग्री आएको भएपनि पहिलो चरणमा १४ जनाले मात्र समग्री लिएका छन् । जस मध्य १० जनालाई ह्विल चियर, १ जनालाई वाकर र ३ जनालाई बैशाखी गरि जम्मा १४ जनालाई सहयोगी सामग्री वितरण गरिएको बताईएको छ ।

बबई गाउँपालिकाका अपांगहरुको सहयोगका लागी ल्याईएका सामग्रीहरु वितरण गर्ने क्रम जारी रहेकाले आबश्यक पर्ने अपांगता भएका ब्यक्तिले वडा कार्यालयको सिफारिस र अपांगताको परिचयपत्र सहित महिला वालवालिका तथा जेष्ठ नागरिक शाखामा सम्पर्क गर्न सकिने बताईएको छ । सहयोगी सामग्री वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री, उपाध्यक्ष बम कुमारी खड्का, प्रमुख प्रसाशकिय अधिकृत मुक्ति नन्द रावल लगाएतको उपस्थिती रहेको थियो ।।

प्रतिक्रिया

सम्बन्धित खवर