
बबई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृतको स्वागत गरिएको छ । बबई गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रुपमा भर्खरै मात्र सरुवा भएर आउनु भएका मुक्ति नन्द रावलको आज एक कार्यक्रमका बिच स्वागत गरिएको हो ।
बबई गाउँपालिका अध्यक्ष कुलबहादुर केसीको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यता तथा बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काको बिशिष्ट आतिथ्यतामा स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यपालिका सदस्य नारायण परियार, वडा नं. १ का वडा अध्यक्ष प्रेमबहादुर डाँगी, २ का वडा अध्यक्ष टेकबहादुर वली, ४ का वडा अध्यक्ष टेकबहादुर वली, ५ का वडा अध्यक्ष हर्कबहादुर सिरिस, ६ का वडा अध्यक्ष राजेन्द्र बिक्रम शाह र ६ का वडा अध्यक्ष तिलकराम भन्डारी, नेकपा एमालेका बबई अध्यक्ष टंकराज बिश्वकर्मा र नेपाली काँग्रेसका बबई सभापती प्रकाश बस्नेत लगाएतले बोल्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बक्ताहरुले गाउँपालिकाको बिकासमा बिशेष तरिकाले लाग्न अनुरोध गर्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत रावलले सबै संगको सहकार्यबाट काम गर्ने प्रतिबद्धता गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रसाशन शाखाका दिलिप कुमार केसीले गर्नु भएको थियो ।।

