बबई गाउँपालिकाको हापुरेमा जारी खुल्ला फुटबल प्रतियोगीताको उपाधी बाघमारे फुटबल क्लवले जितेको छ । बबई मगर एकता क्लव र हापुरे युवा टीमको आयोजनामा मंगलबार देखी जारी फुटबल प्रतियोगीतामा बालापुर फुटबल क्लव लाइ ५-२ अन्तरले पराजीत गर्दै बाघमारे फुटबल क्लवले प्रतियोगिताको उपाधी जीतेको हो । शनिवार बिहान ११ वजे भएको फाईनल खेलमा खेलको पहिलो हापमा २ गोग हान्दै बालापुरले अग्रता लिएको थियो । पहिलो हापमा १ गोल मात्र हान्न सफल बाघमारे फुटबल क्लवले दोस्रो हापमा भने थप ४ गोल हान्दै उपाधी जित्न सफल भएको हो ।

शुक्रबार भएको सेमिपाईनलमा सुनपुर फुटबल क्लवलाई हराउदै बालापुर फुटबल क्लव फाईनलमा प्रबेश गारेको थियो भने बाघमारे फुटबल क्लबले आयोजक टोलीलाई हराउदैं फाईनलमा पुगेको मानबहादुर खर्लुकले जानकारी दिनुभयो । ९ वडा टिम समाबेश भएको खुल्ला फुटवल प्रतियोगीतामा प्रथम हुने टीम बाघमारे फुटबल क्लवले नगद २० हजार सहित प्रमाण पत्र तथा गोल्ड मेडल प्राप्त गरेको छ भने दोस्रो हुने बालापुर फुटबल क्लवले १२ हजार नगतमा चित्त बुझाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर