
गायिका टिका पुनको तिजको कोशेली सिरै शिरफुल सार्वजनिक भएको छ । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज आउन एक महिना बाँकी रहँदा वजारमा बिभिन्न खाले तिजका गितहरु आईरहेका छन् ।
ति मध्य गायिका पुनले मौलिक तिज बजारमा ल्याउनु भएको हो । दाङको शान्तिननगर १ मा जन्मिनु भएकी पुन लामो समय देखी साँतिक क्षेत्रमा रहदै वभिन्न किसिमका गीतहरु गाउनु भएको छ । लामो समय सञ्चार क्षेत्रमा काम गरेकी गायिका पुनले चेलीले भोग्नु परेको बेदनालाई समेटेर गित वजारमा ल्याउनु भएको छ ।

विहे गरेर पराई घर जानु पर्ने बाध्यता पार्न नहुने विषयलाई बिशेषरुपमा गितमा समेटिएको छ । सो गितमा सब्द तथा तथा स्वर गायिका पुनको रहेको छ । मारुनी डिजिटलमा रेकर्डिङ भएको गितको संगित झलक संगितमको रहेको छ ।