बबई गाउँपालिकाको हापुरेमा जारी खुल्ला फुटबल प्रतियोगीतामा बिहिवार २ खेल सम्पन्न भएको छ। बबई मगर एकता क्लव र हापुरे युवा टीमको आयोजनामा मंगलबारदेखि फुटबल प्रतियोगीता सुरु भएको हो । आज भएको पहिलो प्रतिष्पर्धामा सुनपुर फुटबल क्लवलाई बाघमारे फुटवल क्लवले पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । एक एक गोलको बराबरी खेलेका यी दुई टोलि बिचको खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा आयोजक बबई मगर एकता क्लवले ८–० गोल अन्तरले श्रीगाउँ फुटवल क्लवलाई हराउदै सेमिफाईनलमा स्थान बनाएको छ। सेमीफाईनलका खेलहरु शुक्रबार हुनेछन । सेमी फाईनलको पहिलो खेल बालापुर र अमुवा बिच हुनेछ भने दोस्रो खेलमा आयोजक र बाघमारेले प्रतिसपर्धा गर्ने मानबहादुर खर्लुकले बताउनु भएको छ । प्रतियोगीतामा प्रथम हुने टीमले २० हजार, दोस्रो हुनेले १२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर