सल्यानमा सर्पको टोकाईबाट एक बालकको मृत्यु भएको छ। बनगाड कुपिण्डे नगरपालिका वडा न. ९ भंगेरि घर भई शारदा नगरपालिका वडा नं. ६ बरला बस्दै आएका  ३ वर्षीय बालक अर्जुन बस्नेतको सर्पको टाेकाइबाट मृत्यु  भएको  जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ।

बस्नेतलाइ हिजो राती १० बजे सर्पले टोकेको थियो। आफ्नै घरको तल्लो तलामा आमाबुबा र दिदिसङ्गै सुतिरहेको अवस्थामा सर्पले टोकेपछि घरेलु उपचार गरि बिहान ५ बजेको समय जिल्ला अस्पताल खलंगामा ल्याइ उपचार गर्दै गर्दा ५:३० बजे तिर मृत्यु भएको जिल्ला अस्पताल खलंगामा कार्यरत हवल्दार लक्षीराम बिकले बताउनु भयो  ।

प्रतिक्रिया

सम्बन्धित खवर