११ साउन । बबई गाउँपालिकाको हापुरेमा जारी खुल्ला फुटबल प्रतियोगीतामा बुधबार तीन फुटबल क्लव बिजयी भएका छन् । बबई मगर एकता क्लव र हापुरे युवा टीमको आयोजनामा मंगलबारदेखि फुटबल प्रतियोगीता सुरु भएको हो ।

बुधबार भएको पहिलो प्रतिष्पर्धामा सुनपुर फुटबल क्लवलाई सुनपुर फुटबल क्लवले ३—१ गोल अन्तरले बिजयी भएको छ । यस्तै दोस्रो प्रतिष्पर्धामा बालापुर फुटबल क्लवले शान्तिनगर क्लवलाई हराएको हो । बालापुरले शान्तिनगरलाई ३—१ गोलले हराएको हो ।

यस्तै तेस्रो खेलमा आयोजक बबई मगर एकता क्लव ‘बि’ लाई शान्तिनगरको अमुवा एफसीले हराएको छ । अमुवा एफसीले २—० गोल अन्तरले हराएको हो । प्रतियोगीतामा प्रथम हुने टीमले २० हजार, दोस्रो हुनेले १२ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर