
बबई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत भीष्मकुमार मल्ललाई बिदाई गरिएको छ । गाउँपालिकाले बुधबार कार्यक्रमको आयोजना गरेर प्रमुख प्रशासकीय अधिकृत मल्ललाई बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले बिदाई भएर जान लाग्नुभएका मायांको चिनो प्रदान गरेर बिदाई गर्नुभएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले उज्वल भबिष्यको कामना गर्नुभएको थियो । यस्तै कार्यक्रममा उपाध्यक्ष बमकुमारी खड्काले धादिङमा पनि नमुना काम गर्न आग्रह गर्नुभएको थियो ।
शिक्षा शाखा प्रमुख मोहनकुमार दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय जनप्रतिनीधि, कर्मचारीहरुको सहभागीता रहेको थियो । योजना शाखा प्रमुख तिलक केसीको स्वागत मन्तब्यबाट सुरु भएको बिदाई कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख दिलिप खत्रीले गर्नु भएको थियो ।

यस्तै संस्थापक पुर्ब जनप्रतिनीधिले पनि प्रमुख प्रशासकीय अधिकृत मल्ललाई बिदाई गरेका छन् । बबई गाउँपालिकाका पुर्ब अध्यक्ष भुबनेश्वर पौडेलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत मल्ललाई बिदाई गरिएको हो ।
बिदाई कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर वली, वडा नम्बर ३ का पुर्ब अध्यक्ष नन्दलाल वली, वडा नम्बर २ वडा अध्यक्ष चिन्तामणी शर्माले बोल्नुभएको थियो । पुर्ब जनप्रतिनीधिले मायाको चिनो प्रदान गरेर बिदाई गरेका थिए । कार्यक्रमको सहजीकरण वडा नम्बर ५ का पुर्ब वडा अध्यक्ष डम्बरबहादुर सिरिस मगरले गर्नुभएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत मल्लको धादिङको बेनीघाट रोराङ गाउँपालिका सरुवा भएको छ भने बबई गाउँपालिकामा निर्बाचन आयोगबाट मुक्तिनन्द रावल सरुवा भएर आउन लाग्नुभएको छ ।