
नेपाल विद्युत प्राधिकरणलाई अनलाइनमार्फत विद्युत महसुल तिर्ने ग्राहकको संख्या १० लाख पुगेको छ । प्राधिकरणले अनलाइन महसुल भुक्तानी सुरु गरेको करिब ५ वर्षमा यति ग्राहकले यो सेवाको उपयोग गर्दै आइरहेका हुन् ।
अहिले देशभरबाट दैनिक ५ देखि ७ करोड हाराहारीमा अनलाइनमार्फत महसुल संकलन हुँदै आएको प्राधिकरण कम्प्युटराइज विल्डिङ तथा नेटवर्क महाशाख प्रमुख रबिन्द्र श्रेष्ठले बताए । उनका अनुसार ग्राहकले अनलाइनमार्फत तिर्ने विद्युत महसुल कूल महसुलको करिब ३० प्रतिशत हो ।

‘अनलाइनमार्फत विद्युत महसुल तिर्ने ग्राहकको संख्या क्रमशः बढिरहेको छ,’ उनले भने,‘इन्टरनेट र मोबाइल बैंकिङको पहुँच भएका ग्राहकले अनलाइनबाटै महसुल तिरिरहनु भएको छ । अहिले मासिकरूपमा २ अर्ब रुपैयाँसम्म अनलाइनमार्फत प्राधिकरणको महसुल उठिरहेको छ ।’ उनले अनलाइन भुक्तानी प्रणालीको अहिलेको दायरा बढाएर १ करोड रुपैयाँसम्म पुर्याउन सक्ने हो भने ठूला ग्राहक पनि थपिने बताए ।
प्राधिकरणले मासिक ५ लाखभन्दा कम महसुल उठ्ने ग्राहकका लागि अनलाइनमार्फत तिर्न मिल्ने सुविधा दिएको छ । प्राधिकरणले विद्युत महसुल अनलाइन भुक्तानी सेवा सुरु गरेको वर्ष २०७४ भदौदेखि चैतसम्म ६५ करोड रुपैयाँ संकलन भएको थियो । क्र.सं वितरण केन्द्रको नाम आय प्रमुखको नाम
१. कुलेश्वर रघुनन्दन पौडेल
२. रत्नपार्क रजनिशराज घिमिरे
३. महाराजगञ्ज गीता तिमल्सिना
४. बानेश्वर राजेश रिमाल
५. भक्तपुर अनिता बन
६. बुटवल खेमराज आचार्य
७. दमक बालकुमारी कार्की
८. कावासोती लालहरी उपाध्याय
९. नेपालगन्ज सुमित्रा बोहोरा
१०. पोखरा शिव सुवेदी
११. टाँडी माधव तिमल्सिला
१२. इटहरी समिता नेपाली
१३. लेखनाथ लोकप्रसाद काफ्ले
१४. भरतपुर खेमराज गुरुङ
१५. धनगढी देवीसरा महतरा
१६. विराटनगर सुरेन्द्र न्यौपाने
१७. उर्लाबारी हरि श्रेष्ठ
१८. भैरहवा सुनिता क्षेत्री
१९. लालबन्दी सरोज साह
२० नयाँ मिल अश्मिता ज्ञवाली