
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रि हिराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको विकासमा केन्द्रित हुने बताउनु भएको छ । मन्त्रि केसीले दाङको बबई गाउँपालिकाको आयोजनामा भएको स्वागत तथा बधाई कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताउनु भएको हो । राज्यमन्त्रि केसीले दाङमा रहेको राप्ति स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनको वातावण आफु मन्त्रि पदमा बहाल हुँदा खेरी नै गर्ने बताउनु भएको छ ।
त्यस्तै मन्त्रि केसीले नागरिकको स्वास्थ्य सम्वन्धि हकको सुनिश्चितता हुने गरी काम गर्न आफु प्रतिबद्ध रहेको बताउनु भयो । बबई गाउँपालिका अध्यक्ष कुलबहादुर कसीको अध्यक्षता तथा मन्त्रि केसीको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती उपसंयोजक चेतना चौधरीको बिशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बबई गाउँपालिकाको तर्फबाट वजेट माग पत्र समेत बुझाईएको छ । गाउँपालिकाले हंसपुरमा निर्माणाधिन १५ सैयाको अस्पतालका लागी आबश्यक वजेटको ब्यबस्थापन, सोही अस्पतालमा बिशेषज्ञ डाक्टर सहितको दरबन्दि, हापुरे प्राथकिम अस्पतालका लागी भवन निर्माण, स्वास्थ्यकर्मीका लागी आबश्यक तलवको ब्यबस्थापन, सिमलकुनाको लागी स्वास्थ्य ईकाइ स्थपना गर्न आबश्यक वजेट ब्यबस्थापनका लगाएतका माग सहित ज्ञापन पत्र बुझाईएको छ ।


ज्ञापन पत्र बुझ्दै मन्त्रि केसीले बिशेष गरि यो क्षेत्र आफुनो निर्वाचन क्षेत्र भएकाले स्वास्थ्यमा सुधार गर्नुपर्ने र आबश्यक कुरामा वजेटको ब्यबस्थापन गर्ने बताउनु भएको छ । बबई गाउँपालिकाका सबै वडाका वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधीहरुको सहभागिता रहेको कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्लले गर्नु भएको थियो ।