शान्तिनगर गाउँपालिका वडा नम्बर ३ निवासी मोहन प्रसाद सापकोटा बैशाख ३० गतेको स्थानीय निर्बाचन पछि पहिलो चोटि गाउँपालिका पुग्नु भयो। मंगलबार शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको कार्य कक्षमा पुगेका सापकोटाले गाउँपालिकाका अध्यक्ष बस्नेत संग बाटो मर्मतका लागि रकम अभाव भएको बताउदै केही सहयोग गरिदिन आग्रह गर्नु भयो ।

वडा नम्बर तिनले एक लाख रुपैयाँ बिनियोजन गरेको बताउदै त्यति वजेटले सडक सफा गर्न सम्भव नदेखीएकाले गाउँपालिका बाट केही रकम सहयोग गरिदिन अनुरोध गर्नु भयो । यता गाउँपालिकाका अध्यक्ष बस्नेतले उक्त बाटो मर्मतका लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। स्थानीय निर्वाचन पछि नयाँ जनप्रतिनिधि आइ सके पछि गाउँपालिकाबाट हुने नागरिकका कामहरु छिटो छरितो रूपमा भएको पाइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर