
बबई गाउँपालिका अध्यक्ष कुल वहादुर खत्रीले हिंसा न्यूनिकरण गर्न हामीले आफूलाई बदल्नुपर्ने बताउनु भएको छ । बबई गाउँपालिकामा भएको महिला हिंसा न्यनिकरणका लागि सरोकारवालाहरुको भुमिका विषय ३ दिने तालिमको उदघाटन गर्दै अध्यक्ष खत्रीले लैङ्गकि जातिय, वर्गीय ,भेदभावले हिंसा निम्त्याएको भन्दै संसार बदल्ने अभियानमा लागेका हामीले पहिले आफुलाई बदल्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका अध्यक्ष खत्रीले हिंसा कार्य भन्दा प्रतिकार्य भयको बताउदै प्रतिसोध उत्पन्न हुदा हिंसा हुने बताउनु भयो । अध्यक्ष खत्रीले महिला हिंसा न्युनिकरणमा सबैले ध्यान दिनुपर्ने समेत बताउनुभयो । कार्यक्रमका विशिष्ट अतिथि बबई गाउपालिकाका उपाध्यक्ष बमकुमारी खड्काले महिला हिंसा न्यूनिकरणको लागि आफै बाट शुरुआत गर्नु पर्ने बताउदै कहि कतै महिला आफै चुकेको कारण पनि हिंसा बढिरहेको बताउनु भयो ।

