
संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयको स्थानिय तह एकिकृत बस्तुस्थिती संकलण कार्यक्रम अन्तरगतका गणकहरुका लागी अभिमुखीकरण कार्यक्रम बबई गाउँपालिकामा सम्पन्न भएको छ । गाउँपालिकाको बस्ती स्तरमा पुगेर पालिकाको एकिकृत बस्तुस्थिती बारे डाटा संकलणका लागी परिचालन गरिएका गणकहरुलाई अभिमुखीकरण गरिएको हो ।
बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रसाशकिय अधिकृत भीष्म कुमार मल्लको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिकाका ७ वटै वडाका वडा अध्यक्ष तथा बिभिन्न राजनितिक दलका प्रतिनिधि र कार्यपालिका सदस्य सहित गणकहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रसासशनका सुपरिबेक्षक यूवराज बिष्टले प्रशिक्षण दिनु भएको थियो कार्यक्रमको सहजीकरण बबई गाउँपालिका सुचना अधिकारी भुवनचन्द वालानले गर्नु भएको थियो ।