
हापुरे, असार १२ गते । दाङको बबई गाउँपालिकामा जेष्ठ नागरीक संघ बबईले ८० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । संघका अध्यक्ष शिबलाल भुसालकाे अध्यक्षतामा आईतवार बसेकाे नियमित बैठकले पालिका भित्रका सबै वडाका ८० बर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई नागरिक्ताकाे आधारमा सम्मान स्वरुप छाता र खादाले सम्मान गर्ने निर्णय गरेकाे हाे ।
संघले आगामी असार १५ गते वडा नम्बर ४ र ५ का जेष्ठ नागरिकलाई जेष्ठ नागरिक संघबबईको भेटघाट केन्द्र हापुरेमा, १६ गते वडा नम्बर ६ र ७ का जेष्ठ नागरिकलाई जेष्ठ नागरिक संघको भवन चिसापानीमा, १७ गते वडा नम्बर २ र ३ का जेष्ठ नागरिकलाई हंसपुरकाे शिव मन्दिरमा सम्मान गर्ने कार्यक्रम तय भएको जेष्ठ नागरीक संघ बबईका अध्यक्ष शिबलाल भुषालले जानकारी दिनुभयाे ।

