दाङ असार १२ गते । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले पत्रकार लाेकतन्त्रका जननी भएको बताउनुभएको छ। रेडियो हाम्रो पहुँचको आयोजना तथा सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍याव)काे प्राविधिक सहयोगमा तुलसीपुरमा सुरु भएको सामुदायिक रेडियोकर्मीहरुका लागि ३ दिने क्षमता बिकास तालिमकाे समापन कार्यक्रममा बाेल्दै नगर प्रमुख खड्काले समाजमा हुने हरेक असल र खराब कुराकाे बिषयमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताउनु भयाे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका खड्काले पत्रकारिता पेशा मर्यादित र बिस्वासिलाे पेसा भएको हुदा खाेज मुलक पत्रकारितामा जाेड दिदै सत्य तथ्य बुझेर मात्रै कलम चलाउनुपर्ने बताउनुभयो । छाेटाे समयमा धेरै कुराकाे ज्ञान आर्जन गरिने हुदा तालिम भनेको विश्वबिधालय जस्तै प्रभावकारी हुने खड्काले बताउनुभयो । ज्ञान भन्ने कुरा जति प्रयाेग गर्याे त्यति धेरै बढ्ने हुदा सिकेको कुरालाई ब्यबहारिक रुपमा लागू गर्न पनि उहाँले अनुराेध गर्नुभयो ।

कार्यक्रमका बिशिस्ट अतिथि,तथा मुख्य प्रशिक्षक सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍याव)का म्यानेजर दिपक आचार्यले संचार माध्यमहरुमा गरिएको सर्वेक्षणमा सबैभन्दा वढि प्रयाेग गरिने संचार माध्यमकाे रुपमा रेडियो रहेको हुदा रेडियो सुन्ने ब्यक्ति घटे भनेर चिन्ता मान्नुपर्ने अवस्था नरहेको बताउनुभयो। आचार्यले पत्रकारले स्वतन्त्र निश्पक्ष र सबैलाई न्याय हुने खालका बिषयमा कलम चलाउनुपर्नेमा जाेड दिनुभयो ।

पश्चिम दाङका ५ वटा सामुदायिक रेडियोहरुमा काम गरिरहेका सामुदायिक रेडियोकर्मी सहभागी ३ दिनसम्म सञ्चालन भएको तालिमको मुख्य प्रशिक्षकको रुपमा सामुदायिक रेडियो प्रसारक संघ (अकोर्‍याव)का म्यानेजर दिपक आचार्य रहनुभएकाे थियाे ।

कार्यक्रममा सहभागीका तर्फबाट सामुदायिक रेडियो हापुरेका कार्यालय प्रमुख रामप्रसाद सुवेदी, सामुदायिक रेडियो प्रकृतिका मार्केटिङ प्रमुख प्रेमा कुमारी मगर सामुदायिक रेडियो पाठशालाका प्रशासन प्रमुख गाेपाल प्रसाद उपाध्याय लगायतकाले बाेल्नुभएकाे थियाे भने कार्यक्रमकाे सहजिकरण रेडियो हाम्रो पहुँचका स्टेसन म्यानेजर बसन्त पाैडेलले गर्नुभएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर