
अपाङ्गता अभिमुखिकरण कार्यक्रम शान्तिनगरमा सम्पन्न भएको छ । अपाङ्गता शसक्तिकरण केन्द्र नेपालको आयोजना तथा शान्तिनगर गाँउपालिकाको सहयोगमा जनप्रतिनिधि,पालिकाका कर्मचारी,अपाङ्गता भएका ब्यक्तिहरुलाई अभिमुखिरण गराईएको थियो । अपाङगता भएका ब्यक्तिलाई सम्बोधन गर्दा मर्यादीत शब्द,अपाङगता सम्बन्धि संबैधानिक ब्यबस्था,ऐन,कानुन,नियमावली,कार्यबिधि र १० बर्षे कार्ययोजनाका बारेमा अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै गाँउपालिका अध्यक्ष प्रमोद बस्नेतले स्वाभलम्बी बन्नका लागि अपाङ्गता भएका ब्यक्तिलाई लक्षित गरि बजेट बिनियोजन गरिने बताउनुभयो । उपाध्यक्ष प्रेमा बुढाथोकीले तालिमले अपाङ्गता भएका ब्यक्तिहरुलाई शसक्तिकरण गर्ने र नेतृत्व विकासका साथै आयआर्जनमा मद्धत पुग्ने बताउनुभयो ।
कार्यक्रम संस्थाका अध्यक्ष रजनी शाहको अध्यक्षतामा भएको थियो भने पत्रकार एबम अधिकारकर्मी सुशील बस्नेत र अधिकारकर्मी निर्मल नेपालीले प्रशिक्षण दिनुभएको थियो । औपचारीक कार्यक्रममा स्वागत मन्तब्य खुमबहादुर वली र सहजिकरण संस्थाका सुमन गौतमले गर्नुभएको थियो ।

