
पश्चिम दाङको बबई गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागी वजेट ल्याएको छ । बबई गाउँपालिका उपाध्यक्ष बमकुमारी खड्काले आगामी आर्थिक वर्षका लागी वजेट प्रस्तुत गर्नु भएको हो । जवेट बक्तब्य मार्फत उपाध्यक्ष खड्काले ५० करोड ६५ लाख ४३ हजार रुपैयाको वजेट प्रस्तुत गर्नु भएको छ ।
गाउँपालिकामा संघिय सरकार मार्फत बित्तिय समानीकरण अनुदान ११ करोड ५१ लख, राजस्व बाँडफाडबाट रु १० करोड २२ लाख ३६ हजार, वन रोयल्टी रु ५ लाख, शसर्त अनुदान १८ करोड ४६ लाख र बिशेष अनुदान १ करोड त्यसै गरि प्रदेश सरकारबाट बित्तिय समानिकरण अनुदान ६२ लाख ५१ ह्जार प्रदेश राजस्व बाँडफाडबाट ५८ लाख ५६ हजार, बिशेष अनुदान रु ६० लाख, प्रदेश सर्शत अनुदान ८० लाख र समपुरक अनुदान रु १ करोड ५० लाख त्यस्तै आन्तरकि आय तर्फ २ करोड, रजिस्टेशन श्ल्क २० लाख र चालु आर्थिक वर्षको वचत ३ करोड गरि आगामी आर्थिक वर्षका लागी ५० करोड ६५ लाख ४३ हजार रुपैयाको वजेट ल्याईएको छ ।


बबई गाउँपालिकाको ११ औं गाउँ सभाले बबई गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यहरुका लागी स्थानिय सञ्चीत कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा बनेको ऐन समेत पास गरेको छ । गाउँ सभाले उपाध्यक्ष खड्काको संयोजकत्वमा ३ सदस्यिय न्यायिक समिती गठन गरेको छ । गाउँ सभाले अध्यक्ष कुलबहादुर केसीले प्रस्ताव गरेको बबई गाउँपालिकाको अर्थ सम्वन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विद्येयक २०७९ समेत पास गरेको छ । अब अर्को सभा असार २१ गते दिउसो १ वजे बस्ने छ ।