पश्चिम दाङको बबई गाउँपालिकाको निति तथा कार्यक्रम सार्वजनिक भएको छ । गाउँपालिकाको दोस्रो कार्यकालको पहिलो गाउँसभाबाट गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीले आगामि आर्थिक वर्ष २०७९÷०८० का लागी पालिकाको निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

गाउँपालिकाले अगामी आर्थिक वर्षमा कृषि र शपुपालनलाई प्राथमिकतामा राखेर निति तथा कार्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले “हाम्रो उत्पादन हाम्रो वजार, समृद्धिको आधार, सन्तुलित कर अनुशासित जनता आत्म निर्भर स्थानिय सरकार” भन्ने मुल नारालाई सार्थक कनाउन कृषीमुखी निती तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँसभामा प्रस्तुत निति तथा कार्यक्रममा कृषिको आधुनिकीकरण, ब्यबसायिकीकरण र यान्त्रिकी करण गरि कृषिजन्य उद्योग मार्फत विकासको आधार तयार गर्ने उल्लेख गरिएको छ । उत्पादनमा आधारित कृषी अनुदान कार्यक्रम, किसान प्रोत्साहन कार्यक्रम, दुग्ध चिस्यान केन्द्र स्थापना, हापुरेमा सित भन्डार निर्माण, ब्यबसायिक खेती प्रर्बधन, प्रत्यक वडामा सम्भाब्यता अध्ययन गरि कृषि पकेट क्षेत्र स्थपना लगाएतका कार्यक्रम निति तथा कार्यक्रममा समाबेश गरिएको छ ।

गाउँपालिकाको निति तथा कार्यक्रममा एक वडा एक उद्योगको निती लिदै आवश्यक कार्ययोजना निर्माण गरि औधोगिक क्षेत्रको स्थपना गरिने बताइएको छ । बबई गाउँपालिकाका पर्यटकिय क्षेत्रहरुको एकिकृत गुरुयोजना निर्माण गरि सबै पर्यटकिय क्षेत्रहरुलाई सडक सञ्जाल संग जोड्ने र मुख्य पर्यटकिय क्षेत्रलाई आवास सुविधायूक्त बनाउने निति तथा कार्यक्रममा समाबेश गरिएको छ । गाउँपालिकाले दाङका प्रचलित झरना पुरन्धारा झरनालाई गौरवको योजनाको रुपमा अघि बढाईने निति तथा कार्यक्रम बनाएको छ ।

त्यस्तै सहकारी संस्थाको सहकार्यमा कृषको जिवन स्तर सुधारका कार्यक्रम सञ्चालन गर्ने, उत्पादनमा जोड दिन सहकारी संग रोजगारी कार्यक्रम सञ्चालन गरिने पनि निति तथा कार्यक्रमममा उल्लेख गरिएको छ । नैतिकताको आधारमा शिक्षाको माध्यमबाट सामाजिक रुपान्त्रणका लागी “हामी सबैको ईच्छा, निशुल्क र गुणस्तरिय शिक्षा” भन्ने नारा सहित सबै वालवालिकालाई आधारभुत तह सम्म अनिवार्य र माध्यामिक तह सम्म निशुल्क शिक्षा प्रदान गर्ने निति अनुसार काम गरिने र सबै विद्यालयहरुलाई ग्रिन, क्लिन, पिस र सेफ वनाउने निति अबलम्बन गरिने कुरा समाबेश गरिएको छ ।
स्वास्थ्य संस्थाबाट प्रवाह भईरहेको सेवाई थप प्रभावकारी बनाउन गुनस्तरि सेवा प्रदानका लागी औषधी तथा उपकरण र दक्ष जनशक्तिको कमी हुन नदिने निती तथा कार्यक्रममा समेटिएको छ । हंसपुरको १५ सैयाको अस्पताललाई सुविधा सम्पन्न अस्ताल बनाउने समेत उल्लेख गरिएको छ ।

दलितहरुको कला तथा सिपको संरक्षण, आदिबासी जनजातीहरुको कला संस्कृतीको संरक्षण, यूवा लक्षीत खेलकुद, महिला, अपांग, जेष्ठ नागरिक, वालवालिका, हिंसा न्यूनिकरण, योनिक अल्पसंख्यक, सहिद परिवार लगाएतको समुदायको बिकासका लागी आबश्यक कार्यक्रम सञ्चलान गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

बबई गाउँपालिकाले हापुरे वजारलाई ब्यबस्थीत सहरको स्थापना, फोहोरमैला ब्यबस्थापन, सामुदायिक वनहरुको सहकार्यमा बृक्षरोपन, भुमिहिन सुकुम्वासी, भुमिहिन दलितहरुका लागी जग्गाधनी पुर्जा बितरण तथा नागरिकलाई रोजगारी संग जोड्ने लगाएका कार्यक्रमहरु आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा समेटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर