लालबहादुर विश्वकर्मा उमेरले ६७ वर्ष पुगि सक्नु भएको छ । उमेरले बुढो भएपनि २२ वर्षे लक्का जवान यूवाले जस्तै अटो चलाउनु हुन्छ लालबहादुरले । अटो चलाउने र चोकमा यात्रु कुर्ने उहाँको रहर हैन बाध्यता हो । परिवारमा उहाँ र उहाँकी श्रीमती हुनुहुन्छ । श्रीमती र आफ्नो खर्च चलाउन दिन भरी पहेलो अटो चलाउने गरको ६७ वर्षिय लालबहादुरले बताउनु भयो ।

उहाँ संग २०१८ मोडेलको रा।१ ह।३८०३ नम्बरको पहेलो अटो छ । तेही पहेलो अटो कुदाएर दैनीकी चलाउने लालबहादुरले दिनमा सरदर १ एजार ५ सय सम्म बचाउने गरेको बताउनु हुन्छ । हापुरे वजारबाट यात्रु बोकेर हंसपुर, बबरपुर, पञ्चकुले, नयाँबस्ती, अमुवा, खयरभट्टि लगाएतका ठाँउमा पुग्ने गरेको उहाँको भनाई छ ।

अटो चलाएर जिवन निर्वाह गर्ने आँट गरेका ६७ वर्षिय लाल बहादुर संग अटो चलाउन चालक अनुमती पत्र लाईसेन्स भरी नभएको बताउनु भयो । उहाँ संग बरु मोटर साईकल चलाउने चालक अनुमती पत्र भरी रहेछ । उहाँ भन्न्हुन्छ “ ६० वर्ष माथीकालाई लाईसेन्स नै दिदैन रैछ, अब मोटर साईकलको लाईसेन्समा अटोको लाईसेन्स थप्ने बिचारमा छु । थप्न पनि दिन्छ कि दिन्न ।”

लालबहादुर भन्नुहुन्छ “अटो चलाउन लाईसेन्स नभएपनि मोटर साईकल चलाएको लामो अनुभव भएकाले अटो चलाउन गारो भएन । त्यही भएर पनि होला धेरै यात्रुहरुले म बुढोको बिश्वास गरेर अटोमा चढ्नुहुन्छ ।” अटो चलाउने कामलाई पेशाको रुपमा अगाडि बढाएका लालबहादुरले कमाई राम्रै भएपनि ईन्धनको मुल्य बृद्धीले मार परेको बताउनु भयो । उहाँले कमाई त हुने बताउदै सरकारले गरेको तेलको मुल्य बृद्धीले भने समस्यामा पारेको बताउनु भयो ।

उहाँ जस्तै अटो चलाउने धेरै पेशाकर्मीहरुलाई तेलको महंगीले मारमा पारेको उहाँको भनाई छ । तेलको मुल्य बढ्दा कमाईमा केही कमी आएको बताउने लालबहादुरले सरकारले गरिवको पेटमा लात हान्न थालेको जस्तो महसुस भएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर