
हापुरे असार ७ गते ।बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले बिपद आउनुभन्दा पहिला नै स्थानियलाई सचेत गराउन सके बिपद आइहाले पनि मानबिय क्षेती नहुने बताउनुभएकाे छ।
नेपाल रेडक्रस साेसाइटी द्वारा सञ्चालित समुदाय उत्थानशिलता अभिवृद्धि कार्यक्रम (इनकाेर) परियाेजनाकाे आयाेजनामा हापुरेमा आयाेजित पुर्वानुमानमा आधारित पुर्वकार्य एवम् विपद उत्तरदायी तथा सामाजिक सुरक्षा सम्बन्धी अविमुखिकरण कार्यक्रममा बाेल्दै मल्लले बिपत पश्चात् राहात उपलब्ध गराउनुभन्दा बिपत पुर्ब नै बिपतबारे स्थानियलाई सजग बनाउनुपर्नेमा जाेड दिनुभयाे ।

बबई गाउँपालिका स्तरीय बिपद ब्यबस्थापन समितिकाए कार्यसमिति सहभागी कार्यक्रममा इनकाेर परियाेजनाकि केन्द्रीय संयाेजक बिनिता ढुङ्गेललेे कार्यक्रम बारे प्रकाश पार्नुभएकाे थियाे ।बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेड्क्रस साेसाइटी नेपालगन्जका कार्यक्रम अधिकृत बिनाेद लामिछाने र इनकाेर परियाेजनाका दाङ जिल्ला संयाेजक जगत तामाङले प्रशिक्षण दिनुभएको थियाे भने कार्यक्रमकाे सहजिकरण देबि प्याकुरेलले गर्नुभएको थियाे।