शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले स्थानीय पाठ्यक्रम निर्माण गर्दा योग लाई प्राथमिकता दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । अध्यक्ष बस्नेतले पतंजली योग शान्तिनगर गाउँपालिका समिती तथा पतंजली योग दाङ्ग जिल्ला समितिको सँयोजनमा आठौ अन्तर्राष्ट्रिय योग दिबसको अबसरमा मंगलबार शान्तिनगरको वडा नम्बर ७ को खैरेनिमा आयोजित कार्यक्रम लाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बस्नेतले सारिरिक र मानसिकरुपमा स्वस्थ रहन मानविय जिवनमा योगाको आवश्यक्ता महत्वपुर्ण रहेको समेत बताउनु भएको छ । कार्यक्रममा बिशिस्ट अतिथि दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिले प्रत्येक वडाहरुमा योगा केन्द्र संचालन गरिने बताउनु भयो अर्का बिशिस्ट अतिथि बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीले हरेक नागरिक लाई स्वस्थ बनाउन योग अपरिहार्य भएको बताउनु भएको छ ।

कार्यक्रममा शान्तिनगर गाउँ पालिका उपाध्यक्ष प्रेमा केसी, लुम्बिनी प्रदेश पतंजली योग समितिका महामन्त्री घनश्याम अधिकारी, वडा नम्बर ७ का अध्यक्ष तारा बहादुर ओलि, पतंजली योग समिती जिल्ला महिला उपाध्यक्ष निर्मला डाङ्गी, त्यसै गरि गोबिन्द घर्ती, गोबिन्द भन्डारी र रोबर सिंह ढकालले योगको बारेमा बोल्नु भएको थियो । कार्यक्रम सुरु हुनु पुर्ब प्रभात फेरि गरिएको थियो । पतंजली योग समिती जिल्ला सदस्य डम्बर खत्रीको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण जिल्ला सदस्य अमर भुसालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर