बबई गाउँपालिकामा सामाजिक सुरक्षा तथा पञ्जीकरण सम्वन्धी तालिम सुरु भएको छ । गाउँपालिका पञ्जीकरण शाखाको आयोजनामा वडाका कर्मचारी तथा जनप्रतिनिधिहरुका लागी तालिम तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री क्षेत्रीको अध्यक्ष तथा प्रमुख प्रशासकिय अधिकृत भीष्मकुमार मल्ल एवम ७ वटै वडाका वडा अध्यक्ष, वडा सचिव तथा सहायक कर्मचारीहरुको उपस्थितीमा कार्यक्रमको उद्घाटन भएको हो । कार्यक्रममा तालिमको विषयमा शाखा प्रमुख वालकृष्ण पाण्डेले प्रकास पार्नु भएको थियो भने कार्यक्रमको सहजीकरण सहायक कर्मचारी अर्जुन परियारले गर्नु भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर