
दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरेको छ । उद्योग वाणिज्य संघ शान्तिनगर शाखा अध्यक्ष ज्ञानेन्द्रराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले निजि क्षेत्रले विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पुराउदै आएको बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष बस्नेतले शान्तिनगर गाउँपालिकाले उद्योग वाणिज्य संघ सहकार्य गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शान्तिनगरका उद्योग, व्यवसायीको हकहितका लागि गाउँपालिकाले काम गर्ने समेत बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि उपाध्यक्ष प्रेमा केसीले उद्योग वाणिज्य संघको हकहितको लागि गाउँपालिकाले सहयोग गर्ने बताउनुभयो । शान्तिनगर गाउँपालिका भित्रका व्यवसायीको एकता र हकहितका लागि बनेको यस संस्थालाई अगाडि बढाउन सबै लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रेमन्त वहादुर डाँगीले उद्योग वाणिज्य संघ र गाउँपालिका विच सम्बन्ध राम्रो हुनु पर्ने बताउनुभयो । पालिका भित्रको उद्योग व्यवसायीको हकहित र एकरुपता ल्याउन उद्योग वाणिज्य संघ आवश्यक रहेको बताउदै गाउँपालिकाले आगमी दिनमा सहकार्य र सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशासकिय अधिकृत कृष्ण कडेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोखरेल, वडा नं. ७ का वडा अध्यक्ष तारा वहादुर वली, वडा नं. ३ का वडा अध्यक्ष मिन वहादुर के.सी, कार्यपालिका सदस्य झुपलाल नेपाली, नेपाली कांग्रेस वडा नं. ३ का वडा सभापति पार्वती पुन, नेकपा माओवादी वडा नं. ५ इञ्चार्ज तथा समाजसेवी तोरण ठाडा मगर लगायतले मन्तव्य गरेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताले दाङ जिल्ला उद्योग वाणिज्य संघ शान्तिनगर शाखा शान्तिनगर गाउँपालिकाको नमुना भएकाले यसको संरक्षण र सम्बद्र्धनका लागि सबैले सहयोग गर्नुपर्ने बताएका थिए ।
उद्योग वाणिज्य संघका सल्लाहकार यमलाल भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण उद्योग वाणिज्य संघका प्रेस सल्लाहकार प्रेम पुनले गर्नुभएको थियो ।

