राष्ट्रिय परीक्षा बोर्डले यही असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अहिले धमाधम उत्तरपुस्तिका परीक्षण भइरहेको जानकारी दिनुभएको छ ।

‘असार मसान्तसम्ममा एसइई नतिजा प्रकाशित गर्ने भनेका छौँ, तर केही प्राविधिक वा अरु समस्या आइपर्‍यो भने त्यो समयमा प्रकाशित नहुन पनि सक्छ,’ उहाले भन्नूभयो ।

एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो। बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड – १९ महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर