प्रेमबहादुर राम्जा
दाङ, असार ३ । दाङको तुलसीपुरमा जारी सुसेली फुटबल प्रतियोगिताको फाइनलका लागि ४ टिम सेमिफाइनलमा पुगेका छन । जेठ २९ गतेदेखी सुरु भएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो ।

असार २ गतेसम्म भएको पहिलो चरणको खेलबाट टरिगाउ ए, बि, राप्ती क्लब र दुधरास क्लब सेमिफाइनलमा पुगेका हुन । चार क्लबबिच आज फाइनलका लागि प्रतिस्पर्धा हुने भएको छ ।

फाइनलका लागि टरिगाउ ए र राप्ती क्लब तथा टरिगाउ बि र दुधराश क्लबबिच प्रतिस्पर्धा हुने आयोजक सुसेली युबाका अध्यक्ष रोहन पुनले जानकारी दिनुभएको छ । सेमिफाइनल खेल दिउँसो साडे २ बजेदेखी सुरु हुने आयोजकले जनाएको छ ।

तुलसीपुर १८ मा रहेको सुसेली युबा क्लबको आयोजनामा प्रतियोगिता सुरु भएको हो । फाइनल खेल भोलि हुने छ ।

प्रतियोगितामा बिजयी हुने फुटबल टीमले नगद ५० हजार, कप र मेडल प्राप्त गर्ने छ । यस्तै दोस्रो हुने टीमले नगद २० हजार, कप र मेडल प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर