
हापुरे, जेठ २९ गते । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष माधव वलीले खेलकुदले सकारात्मक साेचकाे बिकास गर्ने बताउनुभएको छ। तुलसीपुर १८ मा रहेको सुसेली युवा क्लबको आयोजनामा अनाथ तथा असाहय बालबालिकाकालाई शैक्षिक सामग्री सहयोगार्थ फुटबल प्रतियोगीताकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै वलीले खेलकुदले स्वास्थ्य राम्रो राम्रो हुने संगै सकारात्मक साेचकाे बिकास गर्ने बताउनुभएको हाे ।
सुसेली युवा क्लबका अध्यक्ष राेहन पुनकाे अध्यक्षता वडाध्यक्ष वलीकाे प्रमुख आतिथ्यता तथा दाङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जात धितालको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका वडा नम्बर १८का अध्यक्ष लाेक बहादुर बहकरी,नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सचिव हिम बहादुर डाँगी लगायतकाले बाेल्नुभएकाे थियाे ।


सुसेली युवा क्लबका सल्लाहकार सन्देश पुनकाे स्वागत मन्तब्य र क्लबकै सल्लाहकार याम बहादुर पुनले सञ्चालन गरेकाे उद्घाटन कार्यक्रममा १२ जना अनाथ तथा असाहय बालबालिकाकालाई शैक्षिक सामग्री बितरण गरिएको थियाे ।
।
आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको बेलझुण्डीको खेलमैदानमा हुने प्रतियोगीतामा पहिलाे खेल भाेलि दिउसो २ बजे आयाेजक ए र राप्ती क्लब घाेराही बिच हुनेछ भने दाेस्राे खेल टरिगाउ ए र राईजिङ स्टार युथ क्लब हापुर बिचमा हुने आयाेजकले जनाएको छ।