हापुरे,जेठ २७ गते ।पश्चिम दाङको बबई गाउँपालिका ५ जाैबारीका कलम सिंह खत्रीलाई आर्थिक सहयाेग गरिएको छ। बिगत १० महिना देखि बिस्तारामा थला परेका खत्रीलाई सञ्चारकर्मी रामप्रसाद सुवेदीकाे सक्रियतामा संकलित २० हजार ५ सय ५५ रुपैयाँ उहाँकि श्रीमती दण्डी खत्रीलाई हस्तान्तरण गरिएको हाे ।

यश अघि संचारकर्मी सुवेदी सहित सामाजिक अभियान्ताहरु झुपलाल बुढा क्षेत्री, देवबहादुर वली र भिमिसरा खड्का सहितको टाेली खत्रीकाे घरमै पुगेर भिडियो निर्माण गरि युट्युब च्यानल मुक्तक माधुरीमा अप्लाेड गरि सहयाेगकाे लागि अपिल गरिएको थियाे उक्त भिडियो हेरेर देश बिदेशबाट संकलित रकम बिरामीको श्रीमतीलाई हस्तान्तरण गरिएको हाे ।

खत्रिकाे भिडियो हेरेर शान्तिनगर ७ धनाैराबाट सुवास बुढाथोकीले दुई हजार पाँच सय पाँच,बबई गाउँपालिका २ बगाले हाल मलेसियाबाट बिजय केसीले पाँच हजार ४ सय पच्चिस,बबई गाउँपालिका ५ हापुरेका देव बहादुर वलीले एक हजार पाँच सय तिन, बबई गाउँपालिका २ बगाले हाल मलेसिया निवासी एक युवाले नाम नखुलाउने सर्तमा तीन हजार बहत्तर ,दंगीशरण १ श्रीगाउ लेटारका सागर राेकाले एक हजार पचास, बबई गाउँपालिका ७ कालितराका सुन्दर ओलिले एक हजार रुपैयाँ र बबई गाउँपालिका ४ हस्तनापुर हाल दुबईबाट आफ्नो जन्मदिनकाे अवसरमा प्रज्ञा बिश्वकर्माले छ हजार रुपैयाँ सहयोग गर्नुभएको थियाे ।

२०७८ भदाैं १० गते राती काम सकेर घर फर्किन लाग्दा एक्कासी बेहाेस् हुनुभएका खत्रीकाे अहिले हातखुट्टा र शरीर केही चल्दैन।अझै बिरामी खत्रिका लागि सहयाेग गर्न चाहानेहरुले उहाँकि श्रीमती दण्डी खत्रीकाे माेबाईल नम्बर ९८४११२६५८६ मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया

सम्बन्धित खवर