
२७ जेठ । जाजरकोटमा जिप दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जुनीचाँदे गाउँपालिका–५ बलेबलबाट लुहादह जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०३४९ नम्वरको बोलेरो जीप आज बिहान साढे ७ बजेतिर दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रमुख राजेशनाथ बास्तोलाले दुर्घटनामा जुनीचाँदे–६ का २१ वर्षीय दर्शन शाही, वडा नं. ५ का ४० वर्षीया पुतला गिरी र कालिका शाहीको मृत्यु भएको जानकारी दिनुभयो ।
दुर्घटनामा सोहि गाउँपालिका–६ का २० वर्षीय लालबहादुर बुढा, १३ वर्षीया विपना शाही, सोही ठाउँका ३९ वर्षीय विष्णुबहादुर शाही, १३ वर्षकी समिक्षा शाही, ३४ वर्षीया कालिका शाही, ३० वर्षका नरबहादुर शाही, १४ वर्षीया सविता शाही, ८ वर्षीया नमुना सिंह र दैलेख गुराँस गाउँपालिका–७ का २५ वर्षीय टोपबहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ ।

