दाङ जेठ २६ गते ।
नेपाल विद्यार्थी संघ दाङले कृषि सामग्री कम्पनी लिमिटेडलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ । खेतीपातीकाे समयमा रासायनिक मलकाे चरम अभाव भएपछि पहलकदमी स्वरुप बिहीबार कृषि सामग्री कम्पनी लिमिटेडलाई ध्यानाकर्षण पत्र बुझाउँदै रासायनिक मललाई सहज बनाउन आग्रह गरेकाे नेपाल विद्यार्थी संघ दाङका कार्यबहाक अध्यक्ष टाेपबहादुर बुढाथाेकीले जानकारी दिनुभयो ।

कार्यबहाक अध्यक्ष बुढाथाेकीकाे नेतृत्वमा पुगेकाे टाेलीलेकृषि सामग्री कम्पनी लिमिटेडका कार्यालय प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको हाे ।ध्यानाकर्षण पत्र बुझाउँदै संघले कृषि क्षेत्रमा देखिएकाे रासायनिक मलकाे अभावलाई यथाशीघ्र सम्बाेधन गर्न अनुराेध गरेकाे छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर