सल्यानको कालिमाटी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागी गाउँपालिकाको निति तथा कार्यक्रमको तयारीका जुटेको छ । गाउँपालिकाले आगामि आर्थिक वर्षका लागी निति तथा कार्यक्रम निर्माण गर्दा सबैको राय अनुसार तयार गर्ने बताउदै सुझाव दिन आग्रह गरेको छ ।

गाउँपालिकाका सम्पुर्ण राजनितिक दल, बुद्धिजिवि, पत्रकार, समाजसेवी, शिक्षक तथा सरोकारवाला सबैले निति तथा कार्यक्रम निर्माणका लागी सुझाव दिन सक्ने गाउँपालिका अध्यक्ष दान बहादुर खत्री क्षेत्रीले बताउनु भएको छ । उहाँका अनुसार सबैको सुझाव संकलण गरेर जनताको आकंक्षा अनुसारका कार्यक्रमहरु सञ्चालन गर्ने बताईएको छ ।

बिहिवार गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत हरीबहादुर खत्रीले एक सुचना जारी गर्दै निति तथा कार्यक्रम तयार गर्न आगामी जेठ मसान्त सम्ममा सुझाव संकलण गरिने बताउनु भयो । अधिकृत खत्रीले गाउँपालिका वासीबाट रचनात्मक सुझावको अपेक्षा गरेको बबताउनु भयो । उहाँले सुझाव गाउँपालिकामा उपस्थित भएर वा ईमेल मार्फत दिन सकिने समेत सुचना मार्फत जानकारी दिनु भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर