
दाङको बबई गाउँपालिका वडा न १ डाँडागाउँ स्थित आगलागि पिडित सितल विकको परिवारलाई गाउँपालिकाले सहयोग राहत वितरण गरेको छ । वि.क.को गत २५ गते घरमा आगलागि भएको थियो ।
आज बबई गाउँपालिकाका अध्यक्ष श्री कुल बहादुर खत्री क्षेत्रीको नेतृत्वमा अनुगमन गरि तत्काललाई बबई गाउँपालिकाको कार्यालयबाट राहत वितरण गरिएको हो । बिककाे परिवारलाई गाउँपालिकाले २५ केजी चामल, ५ लिटर खानेतेल , ५ केजी दाल, २ केजी नुन, व्लाङ्केट २ पिस, कम्मल २ पिस, त्रिपाल १ पिस र नगद रु ५ हजार राहत स्वरुप उपलब्ध गराएकाे हो ।

