
जिल्ला समन्वय समिति दाङमा गठबन्धन निर्विरोध निर्वाचित भएको छ । जेठ २९ गते हुन गइरहेको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिएको थियो । नेकपा एमालेले उम्मेदवारी दर्ता नगराएसँगै गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । यद्यपि निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी नै छ । समितिमा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्तरूपमा उम्मेदवारी दर्ता गराएका थिए ।
समितिको प्रमुखमा नेपाली काङ्ग्रेसका नित्यानन्द शर्माको उम्मेदवारी रहेको थियो । शर्मा समन्वय समिति प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् । शर्मा स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नंं ७ बाट सदस्यमा निर्वाचित भएका थिए । उप प्रमुखमा नेपाली काङ्ग्रेसका तर्फबाट चेतना चौधरीको उम्मेदवारी रहेको थियो । चौधरी उप प्रमुखमा निर्विरोध निर्वाचित भएकी हुन् । चौधरी स्थानीय तहको निर्वाचनमा बबई गाउँपालिका वडा नं. ७ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।


त्यस्तै सदस्यमा नेपाली काङ्ग्रेसबाट तर्फबाट कुलबहादुर बुढा (खुला सदस्य), हरिदेवी पोख्रेल (महिला सदस्य), सरस्वती नेपाली (दलित महिला सदस्य), जुनकुमारी बुढा (महिला सदस्य) र कल्पना शेर्पाइली (महिला सदस्य) रहेका थिए । सबै उम्मेदवार सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
खुला सदस्य बुढाले स्थानीय तहको निर्वाचनमा लमही नगरपालिका वडा नंं ७ बाट सदस्यमा निर्वाचित भएका हुन् । महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं. ९ बाट, दलित महिला सदस्य नेपाली तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ , महिला सदस्य घोराही उपमहानगरपालिका वडा नं।.१४ र महिला सदस्य शेर्पाइली घोराही उपमहानगरपालिका वडा नं. १३ बाट सदस्यमा निर्वाचित भएका हुन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट सदस्यमा टोपाराम चौधरी (खुला सदस्य) र द्रुपति चौधरी (खुला सदस्य) ले उम्मेदवारी दर्ता गराएका थिए । दुबै उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । चौधरीले स्थानीय तहको निर्वाचनमा दङ्गीशरण गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएका हुन् । द्रुपति चौधरी स्थानीय तहको निर्वाचनमा राप्ती गाउँपालिका वडा नं. ३ बाट सदस्यमा निर्वाचित भएकी हुन् ।
यस्तो बन्ने भयो समन्वय समित
नित्यानन्द शर्मा (प्रमुख
चेतना चौधरी – उप प्रमुख
हरिदेवी पोख्रेल –महिला सदस्य
जुनकुमारी बुढा – महिला सदस्य
कल्पना शेर्पाइली – महिला सदस्य
सरस्वती नेपाली – दलित महिला सदस्य
कुलबहादुर बुढा – खुला सदस्य
टोपाराम चौधरी – खुला सदस्य
द्रुपती चौधरी – खुला सदस्य