
शान्तिनगर गाउँपालिकाका नबनिर्बाचित अध्यक्ष प्रमोद बस्नेत लाई शान्तिनगरको चिराघाटमा रहेको प्रहरी चौकी स्तरउन्नती र चिराघाटमा बैंक स्थापनाको लागि पहल गरिदिन सोमबार ज्ञापन बुझाइएको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तुलसिराम बिकको नेतृत्वमा गएको टोलिले गाउँ पालिकाका अध्यक्ष बस्नेतलाई ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा चिराघाटमा २०४५ साल भदौ १२ गते अस्थायी प्रहरी चौकिको रूपमा स्थापना भएको चौकी २०५४ सालमा स्थायी प्रहरी चौकिको रूपमा परिणत भएको भएपनी यसको स्तर उन्नती हुन नसक्नु दुखको कुरा भएको उल्लख गरीएको छ ।


ज्ञापनपत्रमा शान्तिनगरमा रहेको एक मात्र प्रहरी चौकीको स्तर उन्नती र बैंक स्थापना को लागि छिटो पहल गरिदिन अध्यक्ष बस्नेतलाई आग्रह गरिएको छ। गाउँ पालिकाका अध्यक्ष बस्नेतले ज्ञापनपत्र बुझ्दै आफुले प्रहरी चौकीको स्तरउन्नती र बैंक स्थापनाको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ।