
नेकपा एमाले बबई गाउँ कमिटिको बैठकको निर्णय सार्वजनिक भएको छ । नेकपा एमालेको गत २२ गते भएको पुर्ण बैठकको निर्णय आज सार्वजनिक भएको हो । गत बैशाख ३० गते सम्पन्न स्थािनय तहकाे निर्वाचनमा एमाले पार्टि र पार्टिका उम्मेदवारकाे विरुद्धमा लागेकाे भन्दै बैठकले ४ जनालाई साधारण सदस्य नरहने गरि कार्वाही गरेको छ । त्यस्तै ५ जना संग लिखित स्पष्टिकरण माग्ने र १ जनालाई साधारण सदस्य नरहने गरि कार्वाहीका लागी जिल्ला पार्टि कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको नेकपा एमाले बबईले बताएको छ ।
बबई गाउँ कमिटिले देविलाल बुढा, टेकेन्द्रराज अधिकारी, थम्मन बहादुर खाम्चा र टोपेन्द्र थापालाई साधारण सदस्य समेत नरहने गरि कावाहि गरेको छ । त्यस्तै ज्ञानु प्रसाद आईतबारेलाई पनि साधारण सदस्य समेत नरहने गरि कार्वाहीका लागी जिल्लामा सिफारिस गरेको छ । एमाले बबईले विरेन्द्र डाँगी, विष्णु प्रशाद वली, भिमबहादुर पुन, शिबकुमार खत्री र रुद्रप्रसाद जैसी संग लिखित स्पष्टिकरण माग्ने बताएको छ । चित्त बुझ्दो जवाफ नआए उनीहरुलाई पनि कार्वाही गर्ने एमाले बबईले बताएको छ ।

