
दाङ, २३ जेठ
दाङको तुलसीपुरमा पचास हजार राशीको फुटबल प्रतियोगीता हुने भएको छ । तुलसीपुर १८ मा रहेको सुसेली युवा क्लबको आयोजनामा जेठ २९ गतेदेखि फुटबल प्रतियोगीता हुने भएको हो ।
बेलझुण्डीको खेलमैदानमा हुने प्रतियोगीतामा बिजयी हुने फुटबल टीमले नगद ५० हजार, कप र मेडल प्राप्त गर्ने क्लबका अध्यक्ष रोहन पुनले जानकारी दिनुभएको छ । यस्तै दोस्रो हुने टीमले नगद २० हजार, कप र मेडल प्राप्त गर्ने अध्यक्ष पुनले जानकारी दिनुभएको छ ।

अनाथ तथा असाहय बालबालिकाकालाई शैक्षिक सामग्री सहयोगार्थ फुटबल प्रतियोगीता सञ्चालन गर्न लागेको टीम ब्यबस्थापक अर्जुन पुन मगरले जानकारी दिनुभएको छ । यस्तै प्रतियोगीता अवधिभर खेलको मुल्यांकनका आधारमा बिधागत पुरस्कारको समेत ब्यबस्थापन गरिएको छ