हापुरे जेठ २३ गते । दाङको बबई गाउँपालिका ५ मा रहेको जनता माध्यमिक विद्यालय बबरपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आइतबार नेपाल औषधि व्यवसायी संघ दाङको आयोजनामा बबई गाउँपालिकाको सहकार्य तथा माता मनकामना पोलिक्लिनक प्रालिको प्राविधिक सहयोगमा बिहान १० बजेदेखि एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हाे ।

शिविरमा सुगर, प्रेसर, दम तथा थाईराईड, हाडजोर्नी तथा नसा रोग, महिला तथा स्त्री रोग, र नाक, कान घाँटी रोग सम्बन्धी समस्या भएका ३ सय १० जना बिरामीहरुकाे विशेषज्ञ डाक्टरहरुको टोलीले स्वास्थ्य परिक्षण गरेकाे माता मनकामना पोलिक्लिनिक प्रालिका संचालक किशोर गौतमले जानकारी दिनुभयाे ।

शिविरमा परिक्षण गरिएका बिरामीहरु मध्य ६०% हाड जाेर्नी र नसा राेग सम्बन्धि समस्या भएका बिरामी भेटिएको शिबिरमा संगलग्न डा. प्रकाश सुबेदीले जानकारी दिनुभयो ।
शिबिरमा फिजिसियन डा. सुवेदी सहित डा. सुमिना जी.सी,डा. राहुल उदय,स्टाफ नर्स सीता केसि लगायतका स्वास्थकर्मीहरुले सेवा दिएको प्रालिका संचालक गौतमले जानकारी दिनुभयाे ।

नेपाल औषधि व्यवसायी संघ दाङका अध्यक्ष बिष्णुप्रसाद पाैडेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बबई गाउँपालिकाका कार्यपालिका सदस्य नाेखी डाँगी,जनता माबी बबरपुरका प्र.अ मस्तबहादुर खड्का संघका पदाधिकारीहरु गिरिराज न्युपाने,राजीमान बुढामगर,सन्ताेष अधिकारी,किशाेर गाैतम ओैसधी बिक्री प्रतिनिधि डम्बर बिक, ओैसधी हाेलसेलका शेषकान्त ढकाल लगायतकाले बाेल्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर