
हापुरे,जेठ २० गते । दाङको बबई गाउँपालिका ५ मा रहेको जनता माध्यमिक बिधालय बबरपुरकाे प्राङ्गणमा एक दिने निशुल्क स्वास्थ शिबिर संचालन हुने भएको छ। आउदाे बैसाख २२ गते आईतवार नेपाल ओैसधी ब्यबसायी संघ दाङ शाखाकाे आयाेजना,बबई गाउँपालिकाकाे सहकार्य तथा माता मनकामना पाेलिक्लिनक प्रालिको प्राबिधिक सहयाेगमा बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्म एक दिने निशुल्क स्वास्थ शिबिर संचालन हुनेछ ।
शिबिरमा सुगर,प्रेसर,दम तथा थाईराईड राेग सम्बन्धि, हाडजोर्नी तथा नशा राेग सम्बन्धि,महिला तथा स्त्री राेग सम्बन्धि र नाक,कान घाँटी राेग सम्बन्धि बिशेषज्ञ डाक्टरहरुकाे टाेलीले सेवा दिने कार्यक्रम तय भएको माता मनकामना पाेलिक्लिनक प्रालिका संचालक किशोर गाैतमले जानकारी दिनुभयाे ।
