पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ को नेपाली काँंग्रेसको वडा कमिटीको चुनावी समिक्षा कार्यक्रम शुक्रवार पातेटाकुरामा सम्पन्न भएको छ । वडा पार्टि कमिटिका सभापति पार्वती पुनको अध्यक्षता तथा शान्तिनगर ३ का नवनिर्वाचित वडा अध्यक्ष मिनबहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न समिक्षा कार्यक्रममा वडाबाट निर्वाचनमा सहभागी भई भोट दिएर विजयी बनाउने सबै मतदाता लाई धन्यबाद दिने निर्णय भएको बताईएको छ ।

त्यस्तै बैठकले गत बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट बनेका गाउँपालिका तथा वडा स्तरका उम्मेदवारहरुका बिरुद्ध लाग्ने र अन्तरघात गर्ने ११ जना क्रियाशिल सदस्यहरु संग २४ घण्टे स्पष्टीकरण माग्ने निर्णय भएको बताईएको छ । वडा नम्बर ३ का बुद्धिराम तिवारी, कोमलबहादुर घर्ति, शन्तवीर बिक, खेमराज तिवारी, कृष्णी केसी, सिता पोख्रेल, रुद्र केसी, शशिधर केसी, रामकुमार कँडेल, वालाराम पंगाली र डिलाराम खराल संग २४ घण्टे स्पष्टीकरण माग्ने निर्ण भएको वडा सभापति पार्वतीपुनले बताउनु भएको छ ।

स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआए कार्वाहीका लागी सिफारिस गरिने समेत निर्णय भएको छ । बुद्धिराम तिवारी निर्वतमान गाउँपालिका पार्टि सभापति तथा २०७४ को निर्वाचनबाट निर्वाचित निर्वतमान वडा अध्यक्ष र कोमल बहादुर घर्ति निर्वतमान वडा सदस्य समेत हुनुहुन्छ ।                                                                 

प्रतिक्रिया

सम्बन्धित खवर