सरकारले दाङका १० स्थानिय तहका लागी ५ अर्ब बढिको वजेट अनुदान पठाएको छ । अन्तर सरकारी बित्तिय हस्तान्त्रण मार्फत बिभिन्न शिर्षकमा दाङका १० स्थानिय तहका लागी ५ अर्व २ करोड ५ लाख वजेट अनुदान पठाएको हो ।
दाङमा चालु तर्फ ४ अर्ब २७ करोड ५२ लाख र पूँजीगत तर्फ ७४ करोड ५३ लाख रुपैयाँ वजेट आएको छ । त्यस्तै समानिकरण अनुदान अन्तरगत न्यूनतम अनुदान ४४ करोड २५ लाख, सुत्रमा आधारित अन्दान तर्फ १ अर्ब १९ करोड ६१ लख, कार्यसम्पादनमा आधारित अनुदान ५ करोड ९ लाख गरेर कुल १ अर्ब ६८ करोड ९५ लाख अनुदान आएको छ । त्यसैगरी सशर्त अनुदान तर्फ चालु वजेटमा २ अर्ब ५७ करोड ५७ लाख, पूजीँगत तर्फ ५५ करोड ३३ लाख गरी जम्मा ३ अर्ब १२ करोड ९० लाख अनुदान प्राप्त गरेको छ । त्यस्तै दाङ जिल्लाले बिशेष अनुदान तर्फ ७ करोड ४० लाख प्राप्त गरेको छ ।

समानीकरण अनुदान तर्फ घोराही उपमहानगरपालिकाले ८ करोड ७५ लाख, तुलसीपुर उपमहानगरपालिकामा ८ करोड २५ लाख, लमही नगरपालिकामा २ करोड ७५ लाख, गढवा गाउँपालिकामा ३ करोड ५० लाख, दंगिशरण गाउँपालिकामा ३ करोड २५ लाख, बंगलाचुली गाउँपालिकामा ३ करोड २५ लाख, बबई गाउँपालिकामा ३ करोड २५ लाख, राजप्र गाउँपालिकामा ३ करोड २५ लाख, राप्ति गाउँपालिकामा ३ करोड ७५ लाख र शान्तिनगर गाउँपालिकामा ३ करोड ७५ लाख अनुदान आएको छ ।

त्यसैगरी सुत्रमा आधारीत अनुदान तर्फ घोराही उपमहानगरपालिकाले २६ करोड ६७ लाख, तुलसीपुरले २४ करोड ८१ लाख, लमहीले ११ करोठ ७० लाख, गढवाले ९ करोड २५ लाख, दंििगशरणले ६ करोड ७२ लाख, बंगलाचुलीले ६ करोड ९० लाख, बबईले ७ करोड २५ लाख, राजपुरले ७ करोड १३ लाख, राप्तीले १० करोड ५३ करोड र शान्तिनगर गाउँपालिकाले ७ करोड ४५ लाख अनुदान प्राप्त गरेका छन् ।

त्यस्तै कार्यसम्पादनमा आधारित अनुदान तर्फ घोराहीमा ५३ लाख, तुलसीपुरमा ५६ लाख लमहीमा ३५ लाख, गढवामा ४२ लाख, दंगिशरणमा ५२ लाख, बंगलाचुलीमा ४७ लाख, बबईमा ५१ लाख, राजपुरमा ४० लाख, राप्तीमा ६२ लाख र शान्तिनगरमा ६१ लाख अनुदान आएको छ । त्यस्तै सशर्त अनुदान तर्फ चालु वजेटमा घोराहीमा ६२ करोड ७२ लाख, तुलसीपुरमा ५६ करोड २८ लाख, लमहीमा  २१ करोड १४ लाख, गढवामा १९ करोड ४१ लख, दंगिशरणमा १२ करोड ५ लाख, बंगलाचुलीमा १ करोड ५२ लाख, बबईमा  १६ करोड ७ लाख, राजपुमा १५ करोड १४ लाख, राप्तीमा १८ करोड २४ लाख र शान्तिनगरमा १६ करोड २० लाख अनुदान प्राप्त भएको छ ।

यसैगरी पुँजीगत तर्फ घोराही उपमहानगरपालिकामा ७ करोड ३० लाख, तुलसीपुर उपमहानगरपालिकामा ६ करोड ६३ लाख, लमही नगरपालिकामा १६ करोड ९१ लख, गढवा गाउँपालिकामा २ करोड ६७ लाख, दंगिशरणमा ४ करोड ३७ लाख, बंगलाचुलीमा ३ करोड ४५ लाख, बबई गाउँपालिकामा २ करोड ३९ लाख, राजपुरमा ४ करोड २६ लाख, राप्ती गाउँपालिकामा ४ करोड ८१ लाख रशान्तिनगर गाउँपालिकामा २ करोड ४५ लाख अनुदान आएको छ ।
त्यस्तै बिशेष अनुदान तर्फ चालु वजेटमा बबई गाउँपालिकाले १ करोड अनुदान पाएको छ भने पूजीँगत प्रकृती तर्फ घोराही उपमहानगरपालिकाले २ करोड, तुलसीपुर उपमहानगरपालिकाले १ करोड ३० लाख, लमही नगरपालिकाले ३ करोड, गढवा गाउँपालिकाले २ करोड, बंगलाचुलीले १ करोड ५० लाख, राप्ती गाउँपालिकाले १ करोड र शान्तिनगर गाउँपालिकाले १ करोड अनुदान पाएका छन् । त्यस्तै समपुरक अनुदान –पूजीँगत प्रकृति तर्फ घोराहीमा १ करोड, तुलसीपुरमा १ करोड ६० लाख, लमहीमा २ करोड, बंगलाचुलीमा ९० लाख, राप्तीमा ५० लाख र शान्तिनगरमा १ करोड ४० लाख अनुदान आएको छ ।

घोराही उपमहानगरपालीका : १ अर्व ३ करोड ५५ लाख
तुल्सीपुर उपमहानगरपालीका : ९१ करोड ५८ लाख
लमही नगरपालिका : ४४ करोड ६९ लाख
बबई गाउँपालिका : ३३ करोड १६ लाख
गढवा गाउँपालिका : ३६ करोड ९५ लाख
शान्तिनगर गाउँपालिका : २७करोड ९१ लाख
दंगीशरण गाउँपालिका : २५ करोड २४ लाख
बंगलाचुली गाउँपालिका : ३२ करोड ०६ लाख
राजपुर गाउँपालिका : २७ करोड ५३ लाख
राप्ती गाउँपालिका : ३३ करोड ४० लाख

प्रतिक्रिया

सम्बन्धित खवर