शान्तिनगर गाउँपालिकाका नबनिर्बाचित अध्यक्ष प्रमोद बस्नेतले शान्तिनगर वडा नम्बर ३ बिच गनारीमा निर्माण सुरु भएको नेपाल टेलिकम टावरको बिहिबार अनुगमन गर्नु भएको छ । अध्यक्ष बस्नेतले निर्बाचनका बेला पहिलो प्राथमिक्ता टावर निर्माणलाई दिने भने अनुसार गाउपालिकाको कार्यालय रहेको स्थान नजिकमा नेपाल टेलीकमको टावर निर्माण सुरु भएको हो ।

अध्यक्ष बस्नेतले निर्वाचनको दौडानमा गरेको प्रतिबद्धता अनुसार वडा नं. ३ को बिच गनारीमा टावर निर्माणको काम लाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताउनु भयो । टावर निर्माणको काम बुधबार देखि सुरु भएको छ । “अब असार मसान्त भित्र काम सम्पन्न हुन्छ, यस भेगका जनताहरुका लागि फोन नलाग्ने समस्याको समाधान हुने छ अध्यक्ष बस्नेतले भन्नू भयो ।”

अध्यक्ष बस्नेतले टावरका लागी आबस्यक थ्री फेज विद्युतको पनि तत्कालै ब्यबस्थापन गरेर आगामी साउन महिना देखी टावर सञ्चालन गरिन बताउनु भयो । उता नेपाल टेलिकम फोरजी प्रोजेक्ट मध्यपश्चिम उपप्रबन्धक प्रेम क्षेत्रीले शान्तिनगर गाउँपालिकामा दुई ओटा टावर निर्माण गर्न लागिएको र जस अन्तर्गत वडा नं. २ र ३ रहेको बताउनु भयो । त्यस्तै दंगिसरण गाउँपालिका वडा नम्बर ६ सिम्ठानामा पनि टावर निर्माण कार्य लाई अगाडि बढाइएको उहाँले बताउनु भएको छ ।

उपप्रबन्धक क्षेत्रीले भारतिय आर एस इन्फ्रा कम्पनीले उक्त निर्माण कार्यको ठेक्का लगेको बताउदै समयमै काम सम्पन्न गर्ने कुरामा आफू बिस्वस्त रहेको बताउनु भएको छ । शान्तिनगरको टावरको उचाइ २५ मिटर को हुनेछ भने शान्तिनगर वडा नम्बर दुई र दंगिसरण ६ मा निर्माण हुन लागेको टावर को उचाइ ३५ मिटरको हुने उहाँले बताउनु भयो । नेपाल टेलिकम ८१ः४८ सरकारी साझेदारीको साथ सरकारी स्वामित्वमा रहेको दुरसंचार सेवा प्रदायकको स्थापन २०६२ सालमा नेपाल दुरसंचार संस्थानको रूपमा भएता पनि २०६० माघ २२ गते नेपाल दुरसंचार कम्पनीको रूपमा दर्ता भएको हो भने २०६१ साल देखि यसलाई नेपाल टेलिकम भन्न थालिएको हो । हाल नेपालमा दुर सञ्चारले फोर जि सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर