
शान्तिनगर गाउँ पालिका वडा नम्बर २ मा रहेको बाघमारे स्वास्थ्य चौकिले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरेको छ । गाउँपालिका अध्यक्ष प्रमोद बस्नेत, उपाध्यक्ष प्रेमा केसी र वडा नं. २ का जनप्रतिनिधीहरुलाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा टीका तथा खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बस्नेतले आफु निर्वाचित भएर आए लगत्तै चिराघाट स्वास्थ्य चौकीबाट गर्भवती महिलाहरुका लागि निशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको बताउदै अब अन्य स्वास्थ्य चौकीहरुमा पनि छिट्टै भिडियो एक्सरे सहित अन्य सेवा संचालनमा ल्याउने बताउनु भयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमा केसी, वडा अध्यक्ष सुनिल वली, स्वास्थ्य्य चौकी प्रमुख इच्क्षा महत, आइएनएपका प्रतिनिधि सुसिला बुढाथोकीले लगाएतकाले बोल्नु भएको थियो । कार्यक्रमको सञ्चालन बिरेन्द्र गिरिले गर्नु भएको थियो ।


यसैबिच अध्यक्ष बस्नेतले शान्तिनगर ३ मा निर्माण हुन लागेको नेपाल टेलीकमको टावरको अनुगमन गर्नु भएको छ । शान्तिनगर गाउँपालिका भएको स्थानमा नेटवर्कले काम नगर्दा दैनिक कामकाजमा समस्या आएपछि उक्त स्थानमा टावर निर्माण गर्न लागिएको हो । बस्नेतले निर्वाचनको दौडानमा सो क्षेत्रमा टावर निर्माण गरि टेलिफोन सेवालाई सहज बनाउने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।