
हापुरे जेठ १९ गते । जेष्ठ नागरिक संघ बबई गाउँपालिका वडा नम्बर ७ काे अध्यक्षमा लाल बहादुर डाँगी चयन हुनुभएको छ। गत बैसाख ३ गते संघका अध्यक्ष माेहनलाल डाँगीकाे निधन भएपछि अध्यक्ष बिहिन भएको संघकाे बुधबार बैठक बसि डाँगी अध्यक्ष रहने गरि पुनर्गठन गरिएको हाे ।
संघको उपाध्यक्षमा बिमला दमाई, काेषाध्यक्षमा मान बहादुर डाँगी,सचिवमा हरीबहादुर भण्डारी रहनुभएकाे छ। संघको सदस्यहरुमा धनिराम थारु,भिम बहादुर डाँगी,बासुदेब बस्नेत, पुर्ण बहादुर चाैधरी,बाटुली डाँगी,पुतली थरुनी र दुर्गालाल डागी रहनुभएकाे छ भने सल्लाहाकार हरुमा रुद्र बहादुर डाँगी,कबिराम भण्डारी, जाेगिराम चाैधरी र भुमी खत्री चयन हुनुभएको छ।

बुधबार संघका सचिब लाल बहादुर डाँगीकाे अध्यक्षतामा बसेकाे बैठकले संघका अध्यक्ष माेहनलाल डाँगीकाे परिवारजनमा समबेदना प्रकट समेत गरेको छ। बैठकमा जेष्ठ नागरिक संघका दाङ जिल्ला सदस्य चन्द्र बहादुर वली बबईका शभापती शिबलाल भुसाल बबई गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष तिलकराम भण्डारी लगायतको उपस्थिति थियाे ।