प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गर्नु भएकाे छ। बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गर्नु भएकाे हाे । प्रधानमन्त्री देउवाले  शाहलाई महानगरकाे मेयर भएको बधाई समेत िदनु भएकाे थियाे।

भेटमा प्रधानमन्त्रि देउवाले भन्नुभयाे ‘तपाईले चमत्कार गर्नुभयो। म खुसी छु। पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ, काम पर्दा मलाई २४ घण्टा नै सम्झन सक्नुहुनेछ।‘ कार्यपालिकामा नि काँग्रेस को बहुमत छ, विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबै बाट सहयोग हुनेछ।’

जवाफमा शाहले काम गर्ने क्रममा सबैकाे सहयाेगकाे अपेक्षा गरेकाे बताउनु  भयाे । उहाँले काठमाडाै‌ैकाे बिकासमा सबै मिलेर अगाडि बढ्ने बताउनु भयाे ।

 

प्रतिक्रिया

सम्बन्धित खवर