शान्तिनगार गाउँपालिका वडा नम्बर ७ खैरेनीमा निर्माण भएको पतन्जली योग भवनको आज एक कार्यक्रमका बिच उद्घघाटन गरोएको छ। भवनको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत र उपाध्यक्ष प्रेमा केसीले संयुक्त रूपमा दिपप्रज्वलन गरेर उद्घघाटन गरेका थिए ।

 

वडा नम्बर ७ का वडा अध्यक्ष तारा बहादुर ओलिको अध्यक्षतामा भएको उद्घघाटन कार्यक्रममा दंगिसरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरि, पतन्जली योगका जिल्ला उपाध्यक्ष बिनोद चौधरीले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

 

भवन निर्माणका लागि शान्तिनगर गाउँपालिकाले ४ लाख रुपैयाँ उपलब्ध गराए पनि भवन निर्माण सम्पन्न गर्न ५ लाख रुपैयाँको लागत लागेको समितिका अध्यक्ष निम बहादुर खड्का ले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर