दाङमा लागु औषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका १४ वस्ने २४ वर्षिय पुजन राज कवँर र वडा नं. १५ बस्ने २२ वर्षिय विष्णु बुढा मगर रहेको प्रहरीले बताएको छ । ब्राउन सुगर बिक्रि वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा सोमबार साँझ खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता डिएसपी मुकुन्द प्रसाद रिजालले बताउनु भएको छ ।

 

प्रहरीले उनीहरुको साथबाट रातो रंगको प्लास्टिकका बेरेर राखेको ४ थान र हरियो प्लास्टिकले बेरेर राखेको १ थान गरि जम्मा ५ थान ब्राउन सुगरको पोका बरामद गरेको बताएको छ । पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको प्रहरी बताएको छ । उनीहरुलाई घोराहीको चौघेराबाट पक्राउ गरिएको डिएसपी रिजालले जानकारी दिनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर