
शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ का अधिकांश बस्तिहरुमा माईलिपानी मुहानको खानेपानी पुग्छ । नेपाल सरकारले एक घर एक धाराको नीति लिएर काम गरिरहेको भएपनी शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र ४ का स्थानिय नागरिकले भने शुद्ध पिउने पानी पाउन सकेका छैनन । पातेटाकुरा, गनारी , पश्चिम गनारी, एकली, राताल लगाएतका ठाउँका स्थानीय बासिन्दाहरुको घरमा धमिलो पानी पुग्ने गरेको छ ।
आकाशे पानी परे लगत्तै मुहानमा भल पस्ने र उपभोक्ताको धारा सम्म धमिलो पानी जाने गरेको छ । धारा सम्म शुद्ध पानी नपुग्दा पिउने पानीको समस्याले सताएको स्थानीय बासिन्दाको गुनासो रहेको छ । घर घरमा धारा पुगेको छ । पानी न आए पनि बिल भरी आउने गर्छ एक जना स्थानीयले भने पानी खान लाएक आउदैन । धारामा पिउन लायक पानी नआउने भए पछि त्यस क्षेत्रका स्थानीयहरु एक घण्टा जस्तो लगाएर चिराघाटको मुलमा पुगेर पानी ल्याउन बाध्य भएका छन ।


उता माईली पानी खानेपानी उपभोक्ता समितीका अध्यक्ष थम्मन कंडेलका अनुसार बैशाख जेठको खडेरीमा पानी नपुग्ने भएकाले २ वटा मुहानको पानी मिसाउन पर्ने भएकोले यस्तो समस्या आएको बताईएको छ । केही हद सम्म मुहानको संरक्षण भएको भए पनि पुर्णरुपमा मुहान निर्माण गर्न नसकिएकाले यस्तो समस्या आएको बताउदै अब छिट्टै स्थानीय सरकार तथा सम्बन्धित निकाय संगको सहकार्यमा तेस्को संरक्षणको काममा लाग्ने उहांले बताउनु भयो ।