
बबई गाउँपलिकाको एक सरकारी बिद्यालयले अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने भएको छ । बबई गाउँपालिका ५ पदमपुरमा रहेको जनकल्याण माद्यामिक विद्यालयमा आगामि शैक्षिक सत्र २०७९ वाट कक्षा शिशु, कक्षा १ र कक्षा ६ मा अंग्रेजी माध्यमबाट पठन पाठन सुरु गर्ने भएको हो ।
बिद्यालयले अविभावक भेला मार्फत माबि पदमपुरमा अध्ययन गर्ने बिद्यार्थीहरुको शैक्षिक विकासका लागी यसै शैक्षिक शत्रबाट अंग्रेजी माध्यमबाट पनि पठन पाठन गर्न सुरु गरिने निर्णय अनुमोदन गरेको छ । मावि पदमपुर बबई गाउँपालिको केन्द्रमा रहेको बिद्यालय भएकाले हापुरेलाई शैक्षिक गन्तब्य बनाउनका लागी गुणस्तरिय शिक्षाको परिकल्पना गर्न लागीएको बताईएको छ ।


यस वर्षबाट सुरु गरिने अंग्रेजी माध्यमको पठन पाठन लाई आगामी वर्षदेखी कक्षा बढाईदै जाने बिद्यालय स्रोतले बताएको छ ।