
बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्रीले समाज बिकासको महत्वपुर्ण चिज शिक्षा भएको बताउनु भएको छ । अध्यक्ष खत्रीले शिक्षा बिना बिकसित समाजको परिकल्पना गर्न नसकिने बताउदै गाउँपालिकाले शिक्षाको क्षेत्रमा आमुल परिवर्तन गर्न चाहेको बताउनु भयो । बबई गाउँपालिका ५ को जनकल्याण माबि पदमपुरको अविभावक भेलामा बोल्दै अध्यक्ष खत्रीले गाउँपालिका शिक्षाको बिकासमा बिशेष योजनाका साथ लाग्ने बताउनु भयो ।
फरक प्रसंगमा अध्यक्ष खत्रीले स्थानिय सरकार नयाँ यात्रामा रहेको बताउदै समाधानका लागी समस्याको पहिचान हुन जरुरी रहेकाले सबै समस्याको पहिचानमा स्थानिय सरकारलाई सहयोग गर्नु पर्ने बताउनु भयो । उहाँले कार्यक्रममा बोल्दै बबई गाउँपालिकाको केन्द्रमा रहेको माबि पदमपुरलाई शैक्षिक हबको रुपमा स्थापना गर्न स्थासिय सरकारको तर्फबाट सहयोग गर्न तत्पर रहेको समेत बताउनु भयो ।


बिद्यालयका शिक्षक अबिभावक संघका अध्यक्ष तारा भण्डारीको अध्यक्षता तथा बबई गाउँपलिका अध्यक्ष कुलबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अविभावक भेलाको आवश्यक्ता बिषयमा बिद्यालयका प्रअ गणेश बहादुर केसीले जानकारी गराउनु भएको थियो । निमित्त प्रअ नन्दलाल तिवारीको स्वागत मन्तब्यबाट सुरु भएको भेलाको सहजिकरण शिक्षक जितबहादुर वलीले गर्नुभएको थियो ।