कबिता

सानी भेरी र ठुली भेरिको
कञ्चन प्रेममा खलल पुग्ने गरि
आज भन्दा ठिक दुई बर्ष पहिले
केही थान निर्दयी दुष्ट हरुले
प्रेमिहरुको प्रेम छिनेर
मिसाइ दिएका हुन भेरिमा रगत
त्यसैले
भेरी तातो तातो हुन सक्छ
भेरी आवेगमा हुन सक्छ
यस कारण
भेरिको पानी नछुनु कसैले।

मानिस ज्ञान र बुद्धिले ठूलो हुन्छ भन्ने श्लोक त
बुझेनन ती राक्षस हरु
जगत प्रेममा बाचेको छ भन्ने बयान त झन अस्वीकार्य गरे

जगतै स्तब्ध पारेर
फक्री रहेका फुलहरु निमोठी
बगाएका हुन आज भन्दा ठिक दुई बर्ष पहिले
भेरिको पानीमा कलिला फुलहरु
मलार्इ लाग्छ
फुलहरु आज पनि भेरिको गहिराइमा सडिरहे छ्न
भेरि दुर्गन्धित हुन सक्छ
भेरी छेउछाउमा सौम्य वायु को सट्टा
बिशाक्त बतास चलेको हुन सक्छ
त्यसैले
नजानु भेरिको छेउछाउ प्रेमिहरु रमाउन
यस बखत
भेरि आक्रोशित हुन सक्छ
भेरि आन्दोलित हुन सक्छ र
प्रेमिहरुलाइ प्रश्न शोध्न सक्छ
प्रेम ठूलो कि जात ?

आमा हरुको रित्तिएको काखको रिस छ
भेरिमा
बाबा हरुको आक्रोशको ज्वाला छ
भेरिमा
दिदिहरुले प्रत्येक तिहारमा बगाएको आँसु छ
भेरिमा
भाइहरु र दाइहरु
छाती पिटि रहेका हुन्छ्न बदलामा प्रत्येक बर्ष
त्यसको कम्पन छ भेरिमा
प्रेमि र प्रेमिकाको अङ्गालो छुटेको क्रोध छ
भेरिमा
मोर्चाहरु कसेर सड्क प्रत्येक बर्ष आगो बालिरहन्छ
सड्कको मार्चपासको आवाज छ
भेरिमा
त्यसैले नजाउनु कोहि पनि
भेरिको छेउछाउमा
भेरी रिसालु बघिनी झै भएको छ
नखानु कोहि भेरिको पानी
भेरिले प्रश्न गर्न सक्छ
जुठा मानिसहरू मिसिएको पानीमा
जातको गन्ध आउदैन र ?

ऐया र आत्थाको चीत्कार भेरिमा
खुर्पा र भाला रोपिदा छातिमा
छिर्किएका रगतका छिट्टै छिटा छ्न
सोतिका पाखा र पखेरा र खोल्साहरुमा
नदि आसपासका ढुङ्गा हरु राताम्य छ्न
प्यासी प्रेमी, प्यासी प्रेमिका सग्ग अङ्गालोमा बेरिन नपाउदै
छेकबार गरिएका डरलाग्दा चित्रहरु
र एक प्यासी प्रेमि लाई साथ दिदा
गिरिएका उसका सङ्गिका शिरहरु छ्न
जात ब्यवस्थाको घिन लाग्दो उचनिचको आभास छ
र भेरी ठिक दुई बर्ष देखि आन्दोलनमा छ
क्रोध ले बहाब बढेको छ
त्यसैले
नजानु बादीदाइ अबदेखि माछ मार्न भेरिमा
नखेल्नु जाल
नलाउनु लामा लामा सराल
नडास्नु ठुला ठुला ढर्य
न थाप्नु तिखा तिखा बल्छि
नबराजले प्रेम खोजिरहेको यस बखत
जालमा माछाको सट्टा
नबराज बिकको शिर आउन सक्छ
सरालमा माछाको सट्टा
सन्जु बिकको जिउ आउन सक्छ
बल्छिले गोबिन सक्छ्न गणेश बुढा
सरालमा माछाको सट्टा अल्झिन सक्छ्न लोकेन्द्र सुनार
ढर्यमा अट्किन सक्छ्न टिकाराम सुनार र गोबिन्द शाहीहरु
त्यसकारण
माछा मार्न छोडिदेउ बादी दाइ
जबसम्म नबराजहरुले न्याय पाउदैन
जबसम्म यो समाजमा जात ब्यबस्थाको अत्य हुदैन
जब सम्म हाम्रो आन्दोलनले न्याय पाउदैन
जब सम्म ती निर्दयी दुष्ट हरु कठघरामा बाधिदैनन

त्यसैले
नछुनु कसैले भेरिको पानी
भेरिमा पानी भन्दा धेरै रगत छ
भेरी तातो तातो भएको छ
भेरि आन्दोलनमा छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर